वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा सञ्चारकर्मीहरूसँग पत्रकार भेटघाट तथा विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा पर्सा जिल्लाको समसामयिक शान्ति–सुरक्षाको अवस्था, प्रहरीद्वारा सम्पादन भइरहेका विभिन्न गतिविधिहरू तथा आगामी दिनमा देखा पर्न सक्ने सुरक्षा चुनौतीका विषयमा विस्तृत छलफल र विचार–विमर्श गरिएको छ।
प्रहरी र मिडियाबिचको सहकार्यलाई अझ मजबुत बनाउँदै अपराध नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिइएको छ।