काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०२६–२०२८ कार्यकालका लागि सम्पन्न निर्वाचनबाट लालगोपाल सुवेदीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ ।
अनेसासको वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी र महासचिवमा राजु सिटौला निर्वाचित भएका छन् ।
घोषित नतिजा अनुसार अमेरिका क्षेत्रीय उपाध्यक्षमा सकुन ज्ञवाली र पाँच केन्द्रीय सदस्यहरूमा मिरा कोइराला, महेश्वर पन्त, राजेन्द्र केसी, हरिमाया अधिकारी तथा पारसमणि दंगाल विजयी भएका छन् ।
