देखेको सपना साँचो भएसरि
भाग्य मा उसको खाँचो भएपछि
खोई के गरमला त्यो बखत
उ बिना मेरो जीवन ।।।
ढुङ्गे खेत जस्तो बाँझो भएपछि
सोच्दै बसेको थिएँ खोई के के कुरा
भइदियो मेरो सपना पूरा
आयो एउटा चिठी दैलो अघि मेरो
जब पढे थाहा भयो।।
लाउन पाउँदिनौ रे तिमी अब मेरो नाम को चुरा ।
त्यसपछि।।
मैले आफ्नो धैर्यतालाई विर्दै,
लेखे चिठी मौनतालाई चिर्दै,
यता कतै कल्पना मा फिर्दै,
दुःख का ती भारीहरु भिर्दै,
लेखे कुन्नि के के आज
पचाएर सबै लाज
लाग्दैछ मर्छु होला चाँडै
त्यसैले।।
अन्तिम पटक भेट्न आउ है साँझ
गरौँला केही अन्तिम बात
सम्झौँला ती पहिला मुलाकात
बधाई पनि त दिनु छ तिमीलाई
आखिर समाउँदै छौँ अर्को हात
ती हात ले सुख दिउन तिमीलाई
मेरो धेरै पिर मान्छौ तिमी।।
पिर नलिउँ है।।
आखिर जाँदै छु म हाँसी हाँसी यो हावामा बिलाई
सोधे भने कसैले।।
याद आउँदैन र उसको
भन्नु है कालो नै हुन्छ जति शान्त भएनि रात।।
आउ अब एक अन्तिम पटक भेटौँ
जीवन भरिलाई हेर्ने तिर्खा मेटाउ
तिमीसँगको सम्बन्ध पनि त भुल्नु छ मलाई
हाम्रो मायाको घाँटी समाउ।।।
अनि आफ्नै हातले रेटौँ ।।
अब तिमी तिम्रो नयाँ प्रेमी अंगाल,
झरिरहेका आँसु सम्हाल,
म नि सम्हल्ने छु आफूलाई
जाउ।।
नयाँ जीवन सुरु गर
भूतकाल न खङ्गल ।।
अब त्यो कपाल को पर्दा हटाई
अनुहारको तनाव र चिन्ता घटाई
मनमा भएका कुरा बताई
अन्तिम पटक।।
तिम्रो आँखा मा डुब्न देऊ मलाई
म नी मेरो यो मनलाई सताई
दुःखको तिम्रो घडी कटाई
सुख तर्फको बाटो पठाई
मर्छु होला सायद गरो नमान्नु
नबोलाउनु है।।
अब उठ्ने मन छैन मलाई ।।
आशा छ अब एउटा प्रिय।।
की कटोस् तिम्रो जीवन दूध र भात को सिता सँगै
मेरो के नै छ र,
बिताउला जीवन दुःख र कष्ठ को त्यो न्यानो चिता सँगै ।।
शमशेर सुनार, जानकी गाउँपालिका कैलाली ( हाल काठमाडौँ)