राजा ज्ञानेन्द्रले सकेनन् अरुले सक्छ ?
राजाले नसकेको जनताले सक्छ ।
कति वर्ष देश चलाउनुभयो
जनताले हिसाब माग्दा
किन उत्तर हराउँछ?
Gen Z सडकमा आयो,
भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठायो,
गोली चल्यो, आँसु बग्यो,
७६ नेपालीको ज्यान गयो।
त्यो रगतको हिसाब कसले दिने?
त्यो पीडाको जवाफ कसले दिने?
आन्दोलनको आगो बल्दा
ठूला नेताका महल पनि जले,
भागाभाग भयो,
कसैले कुटाइ खाए,
कसैले सुरक्षा खोजे,
जनताको प्रश्न थियो,
यत्रो वर्ष देश चलाउनेहरू
आज आफैँ किन भागे?
देउवाजीको घर जल्दा
नोटहरू जले भन्ने चर्चा चल्यो,
कति सत्य, कति हल्ला
इतिहासले नै फैसला गर्ला।
तर जनताको मनमा एउटा प्रश्न बस्यो
देशको ढुकुटी र जनताको पसिनामाथि
कसको कति अधिकार थियो?
भ्रष्टाचारको कुरा उठ्दा
औँला अर्कोतिर नतेर्स्याऊ,
पहिले आफ्नै इतिहास हेर,
आफ्नै शासनको हिसाब देऊ।
अब जनताले भन्छन्
नयाँ आएर देश बन्छ कि पुरानो नेता आएर? होइन,
देश त तब बन्छ
जब नेता जवाफदेही हुन्छ!
हिजो सत्ता थियो
आज विपक्षी बेन्च छ,
हिजो आदेश थियो
आज प्रश्नको प्रहार छ।
त्यसैले देउवाजी,
वर्तमानमा मात्र होइन, अब इतिहास बोल्दैछ
पाँच पटक प्रधानमन्त्री भएको नेताले
जनतालाई एउटा जवाफ दिनैपर्छ
मैले देशलाई के दिएँ?
किनकि कुर्सी बदलिन्छ,
सरकार बदलिन्छ,
दल बदलिन्छ,
तर जनताको स्मृति बदलिँदैन।
७६ जनाको रगतले लेखेको प्रश्न
संसदको भित्तामा अझै बाँकी छ
सत्ता कसका लागि?
देश कसका लागि?
र राजनीति आखिर
जनताका लागि कि कुर्सीका लागि?
(बदन भण्डारी काभ्रे–२ बाट निर्वाचित सांसद एवं रास्वपाका युवा नेता हुन्।)