काठमाडौं । नेपालमा आधुनिक प्रविधिसहितको कमर्शियल भ्यान सार्वजनिक हुने भएको छ। सशिला मोटर्सले पहिलो पटक एन्ड्रोइड अटो र एप्पल कारप्लेयुक्त कमर्शियल भ्यान भ्यान ल्याउने तयारी गरेको कम्पनीका म्यानेजर अशोक राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार पहिलो कमर्शियल भ्यान भएको र चाँडै बजारमा आउने जनाएको छ ।
नेपालमा पहिलो पटक यात्रुवाहक सवारी साधनमा क्याटल टु सी ब्याट्रीको शक्ति, छिटो चार्जिङ, स्मार्ट प्रदर्शन यसका मुख्य बिशेषता रहेको कम्पनीले जनाएको छ ।
नेपालमा हालसम्म यस्ता प्रविधिसहितको कमर्शियल भ्यान उपलब्ध नभएकाले यो सेवाले यातायात क्षेत्रमा नयाँ प्रविधिको प्रवेश हुने अपेक्षा गरिएको छ।