काठमाडौँ। सर्लाहीमा करेन्ट लागेर एक ५ वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१२ घारीबथानका राम बैलकोटीका छोरा वियान्श बैलकोटी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिक खेलिरहेका बेला उनलाई अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबास लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।