काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगभग दुई तिहाई मत पाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ । गत बिहीबार भएको निर्वाचनबाट सबैभन्दा ठुलो दल बनेको रास्वपाकै नेतृत्वमा आगामी सरकार बन्न लागेको हो । यसको नेतृत्व रास्वपाका बरिष्ठ नेता बालेन शाहले गर्नेछन् ।
रास्वपाले अब बालेनलाई नै संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउनेछ । मंगलबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ भने बुधबार समानुपातिकतर्फको मतगणना पनि सकिएको हो ।रास्वपाको सरकार बन्ने भएसँगै पार्टीका शीर्ष नेताहरू सरकार गठनको तयारीमा जुटेका हुन् ।
उनीहरूले बालेनलाई प्रधानमन्त्री र विभिन्न क्षेत्रमा विज्ञता हासिल सांसदहरुलाई मन्त्री बनाउने आन्तरिक तयारी थालेका हुन् ।भावी सरकारको स्वरूपबारे रास्वपाका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता शाहले छलफलमा छन् ।