काठमडौँ । फ्लोरेन्स नाइटिंगेल आधुनिक नर्सिङकी संस्थापक र “द लेडी विद द ल्याम्प” हातमा बत्ती लिएर बिरामीको हेरचाह गर्ने महिला का रूपमा विश्वभर प्रसिद्ध छिन्। उनी १२ मे १८२० मा इटालीको फ्लोरेन्समा जन्मिएकी थिइन् र १३ अगस्ट १९१० मा लन्डन, इङ्गल्याण्डमा निधन भएकी थिइन्।
उच्च वर्गीय जीवन छोडेर मानवसेवामा समर्पित हुन उनले नर्सिङ पेशा अपनाइन्, जुन उसतताका लागि सामान्य सोचको विपरीत थियो। क्रिमियन युद्ध १८५४ देखी ५६० मा ब्रिटिश सैनिकहरूको हेरचाह गर्न नर्सहरूको समूहको नेतृत्व गरेकी उनले राति बिरामी नजिक पुगेर हातमा बत्ती लिएर हिँड्ने बानीले उनलाई “द लेडी विद द ल्याम्प” भनेर प्रसिद्ध बनायो। युद्ध अस्पतालमा सरसफाइ, खानेकुरा र प्राथमिक उपचारको कमी थियो। फ्लोरेन्सले सरसफाइ, पोषण र सुरक्षा सुधार गर्न पहल गरिन्। उनले बिरामीहरूको मनोबल बढाउन सहयोग, सफा लुगाका लागि व्यवस्था र पढाइ–मनोरञ्जन कार्यक्रम पनि सुरु गरिन्। यसरी संघर्षपूर्ण कामको कारण मृत्यु दर घटाउन सफल भइन्, जसले उनलाई सैनिक र सर्वसाधारण दुवैको सम्मान दिलायो। फ्लोरेन्सले १८६० मा लन्डनको सेंट थोमस अस्पतालमा नर्स ट्रेनिङ स्कूल स्थापना गरिन्, जसले विश्वभर नर्सिङ पेशालाई वैज्ञानिक र सम्मानित रुप दियो। उनले अस्पताल व्यवस्थापन, सरसफाइ र चेतना बढाउन लेख, रिपोर्ट र पुस्तकहरू लेखिन्, जसले चिकित्सा क्षेत्रमा दीर्घकालीन प्रभाव पारेको छ। उनको जीवनले देखाउँछ कि साहस, समर्पण र मानवता मिलेर समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।