काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
उनले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ । नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन ।’