सुर्खेत । कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका प्रदेश सांसद राजकुमार शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कारबाही गरेको छ । शर्मालाई सांसद पदबाट समेत हटाइएको पत्र संसद् सचिवालयलाई पठाइएको छ ।
नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बुधबार संसद् सचिवालयलाई पत्र लेख्दै प्रदेश सभा सदस्य नरहने गरी कारबाही गरिएको जानकारी गराएका हुन् ।
