काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो ।
उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको र सोही कारण उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालले जानकारी दिए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । प्रसाईं विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन् ।