काठमाडौं । काठमाडौँलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले तोकिएको समयसीमा २०८३ चैत मसान्तसम्मको समयसीमा प्राप्त भएको र सोही अनुसार का अनुसार समयमै सक्नेगरी काम भइरहेको प्रवक्ता बस्नेतले बताएका छन् ।
अहिलेसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५.१६ प्रतिशत रहेको उनले जानकारी दिए । वित्तीय प्रगति भने ४५.३३ प्रतिशत रहेको छ । यो फास्ट ट्«र्याकमा १०.९७९ किलोमिटर सुरुङ मार्ग छ । जसमध्ये लेन डाँडाको १.६२६ र धेद्रेको १.६९१ सुरुङको ब्रेक थ्रु भइसकेको छ । महादेवटार सुरुङमार्गको ७० प्रतिशत काम सम्पन्न भएको छ ।
सहायक रथी बस्नेतका अनुसार फास्ट ट्र्याक अन्तर्गत बन्नुपर्ने ८९ वटा पुलमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेका छन् भने ८५ वटाको ठेक्का भएर काम सुरु भएको छ । फास्ट ट्रयाक निर्माण गर्ने क्रममा ५४ हजार रुख कटान भएका थिए । हालसम्म ७ लाख ५० हजार नयाँ बिरुपा रोपिएको र ती मध्ये १ लाख ५१ हजार हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।