काठमाडौँ । जुम्ला जिल्लाको तिला गाउँपालिकाकी एक महिलाले हिउँमै बच्चालाई जन्म दिएकी छन्। जिल्लाको तिला गाउँपालिककी ९ की २७ वर्षीया रमिता थापाले सुत्केरी गराउन बर्थिङ सेन्टरमा लैजाँदै गर्दा बाटोमै बच्चा जन्म दिएकी हुन । उनलाई आफन्तले हिउँमै बोकिरहेको अवस्थामा चायापाटनमा छोरी जन्माएकी हुन् ।
शुक्रबार बिहान ४ बजेदेखि सुत्केरी व्यथा लागे पनि आफन्तले ७ बजे मात्रै घरब राँसास्थित बर्थिङ सेन्टर लैजान हिँडेका थिए। स्थानीय कालीबहादुर थापाले बर्थिङ सेन्टर नपुग्दै ९ बजेर ४८ मिनेटमा रमिताले दुई फिट हिउँ जमेको थियो त्यही बच्चा जन्माााएको बताएका छन् ।
गाउँबाट सुत्केरी सेवा लिन चार/पाँच घण्टा बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वा बर्थिङ सेन्टर पुग्नुको विकल्प नभएको थापाले बताए । यो पटक भोट माग्न आउने उम्मेदवारलाई आफुहरुले यही माग जोडदारका साथ उठाउने स्थानीयले बताएका छन् । न गाउँमा विद्युत, खानेपानी छ । न स्वास्थ्य, शिक्षा र सडकको सुविधा छ,’ कालीबहादुरले थपे, ‘यी सबै मागको लिखित गरेर सम्बोधन गर्ने प्रतिवद्धता जनाउने उम्मेदवारलाई मतदान हुनेछ ।’