काठमाडौँ । ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प शनिबार बिहान ६ः१३ बजे गएको भएपनि हालसम्म भूकम्पबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।