काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ४५ जना जेनजी सहिदको नाम तीन दिनभित्र राख्न निर्देशन दिएको छ। मन्त्रालयले सोमबार ७७ वटै जिल्लामा ४२ जना जेनजी सहिद र तीन जना अमर प्रहरीको नाम राख्न निर्देशन दिएको हो।
सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएका ७६ मध्ये ४५ जनालाई सहिद घोषणा गरेको छ। सहिद घोषणा गरी नाम कात्तिक १७ गते राजपत्रमा प्रकाशित गरेको थियो।
अहिले सबै प्रशासन कार्यालयमा ‘जेनजी सुशासन योद्धा’ भनिएको नामावली तीन दिन भित्र प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा राख्ने व्यवस्था मिलाउन निर्देशन भएको हो।