काठमाडौँ । भारतको गोवामा एक लोकप्रिय नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले जानकारी दिएका अनुसार, अधिकांश मृतक क्लबका कर्मचारीहरु मानिन्छन्, तर केही पर्यटकहरु पनि मृत्यु भएका छन्। प्रहरीको विश्वास छ कि क्लबको भान्सामा रहेको ग्यास सिलिण्डर विस्फोट भएर आगो फैलिएको हो, जुन शनिवार राति मध्यरातमा सुरु भएको थियो।
आइतबार बिहान अधिकारीहरूले प्रारम्भिक २३ जनाको मृत्यु संख्या बढेर २५ पुगेको र थप ६ जना अस्पतालमा रहेको जानकारी दिएका छन्। गोवा प्रहरी महानिरीक्षक अलोक कुमारले भने, आगो मुख्य रूपमा भान्सा क्षेत्र वरिपरि केन्द्रित थियो। आगलागी मध्यरातमा भयो र अहिले नियन्त्रणमा आएको छ। अधिकांश शव भान्सा वरिपरि फेला परेकोले मृतक क्लबमा कार्यरत कर्मचारीहरू हुन सक्ने अनुमान गरिएको छ। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले भने तीन जनाको जलेर मृत्यु भएको छ । उहाँले भने, ३–४ जना पर्यटकको पनि मृत्यु भएको छ । तर उनिहरुको पहिचान भने खुलेको छैन । स्थानीय अधिकारीहरूले जानकारी दिएका अनुसार, राहत र अनुसन्धान कार्य आइतबार बिहानसम्म भइरहेको थियो । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार, आगो बागा स्थित रोमियो लेनको बिर्च नाइटक्लबमा लागेको हो। यो क्षेत्र नाइटलाइफका लागि लोकप्रिय छ। छिमेकी क्लबमा काम गर्ने एक सेफले भने, म केही कर्मचारीहरुलाई चिन्छु।
यहाँ देशभर र नेपालबाट काम गर्नेहरु पनि छन्। म चिन्तित छु, केहीको फोन अफ छ। आइतबार बिहान सम्म राहत कार्य जारी थियो। टोलीहरूले जलाइएका भग्नावशेषमा खोजतलास गर्दै थिए। भारी सुरक्षा उपस्थितिमा क्लबको ढोका बन्द गरिएको थियो र भित्र कसैलाई प्रवेश दिइएको थिएन। एक साक्षीले भने, त्यो सामान्य शनिवार रात थियो, पर्यटकहरू रमाइलो गरिरहेका थिए। म बाहिर थिएँ, अचानक चिच्याउने आवाज आयो, सुरुमा बुझिन। केही समयपछि थाहा भयो कि ठूलो आगो लागेको छ। दृश्य भयावह थियो । राहतकर्मीहरूले मृतकहरूलाई गोवा मेडिकल कलेज, पनाजी पठाएका छन्। एक दमकलकर्मीले भने, उनीहरू अझै मृतकहरूको पहिचान गरिरहेका छन् र त्यसपछि मात्र परिवारलाई जानकारी गराइनेछ। मुख्यमन्त्रीले भने, आगोको कारणबारे औपचारिक छानबिन सुरु भइसकेको छ। जिम्मेवार पाइएको खण्डमा कडा कानूनी कारबाही गरिनेछ।
कुनै लापरबाही भए कडा रूपमा निपटाइनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा गोवाको आगलागीलाई गहिरो दुःखदू व्व्व्याक्त गरेका छन्। गोवा अरब सागरमा रहेको पूर्व पोर्चुगिज उपनिवेश हो। यसको नाइटलाइफ, बालुवालिएको समुद्र तट र रिसोर्टहरूले हरेक वर्ष लाखौं पर्यटक आकर्षित गर्छन्। सरकारी तथ्यांक अनुसार, यस वर्षको पहिलो छ महिनामा करिब ५.५ मिलियन पर्यटक गोवामा आएका थिए, जसमा २ लाख ७० हजार जना विदेशबाट आएका थिए। भारतमा विगत केही वर्षमा मनोरञ्जन स्थलमा धेरै घातक आगलागी भएका छन्। मे महिनामा हैदराबादको तीन तले भवनमा आगो लाग्दा १७ जनाको मृत्यु भयो। एक महिनाअघि कोलकाता, उत्तरपूर्वमा होटलमा आगो लाग्दा १५ जनाको मृत्यु भयो। गत वर्ष, गुजरातको मनोरञ्जन पार्क आर्केडमा आगो लाग्दा २४ जनाको मृत्यु भयो। पछि गरिएको सरकारी समीक्षा अनुसार कमजोर सुरक्षा मानकले मृत्यु सङ्ख्या बढाएको थियो।