काठमाडौँ । धोबीखोलामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरी रहेको पुष्टि भएको छ।
बिहीबार बिहान करिब पौने ७ बजे रुद्रमती पुल मुनिको धोबीखोलामा उनको शव फेला परेको थियो। घटनास्थल नजिकै साइकल पनि भेटिएको बताइएको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार, ललित गिरी साइकल चलाउँदै गर्दा पुलबाट खसेका हुन सक्ने अनुमान गरेको छ । प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।