काठमाडौं । पर्सामा कारमा ओसार्दै गरेको एक टन गाँजासहित दुई जना पक्राउ परेका छन्। पटेर्वासुगौली गाउँपालिका–२ रंगपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कार इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले जाँच गर्दा गाँजा प्याकिङगरेकै अवस्थामा फेला परेको डिएसपी राजु कार्कीले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा मकवानपुर भिफेदीका ३२ वर्षीय चालक भिम स्याङ्तान र मकवानपुरगढीका ३८ वर्षीय कुमार स्याङ्तान छन्। प्रहरीले उनीहरूमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।