काठमाडौँ । जर्जियाली सुरक्षाकर्मीहरूले गत वर्ष सरकारविरुद्धका आन्दोलन रोक्न प्रथम विश्वयुद्धताका प्रयोग गरिएको रासायनिक पदार्थ प्रदर्शनकारीमाथि प्रयोग गरेको बीबीसी को अनुसन्धानले देखाएको छ। प्रदर्शनकारीहरूका अनुसार सरकारले प्रयोग गरेको वाटर क्यानेनको पानीले छाला पोल्ने, शरीर जलाएको जस्तो हुने र धुन खोज्दा झन् असर बढ्ने प्रतिक्रिया देखिएको छ । धेरैमा सास फेर्न गाह्रो हुनु, खोकी लाग्ने, वाकवाकी, थकान जस्ता लक्षण हप्तौंसम्म रहँदै आएको छ।
क्यामाइट फ्रान्सले प्रथम विश्वयुद्धमा जर्मनीविरुद्ध प्रयोग गरेको रसायन हो। दीर्घकालीन हानिकारक प्रभावका कारण १९३०–३५ तिर यो प्रयोगबाट हटाइएको मानिन्छ। प्रदर्शन र दीर्घकालीन स्वास्थ्य समस्या आएको छ । २०२४ नोभेम्बर २८ देखि सुरु भएका प्रदर्शनहरूमा, सरकारले युरोपियन युनियन सदस्यता प्रक्रियालाई रोक्ने निर्णय गरेपछि हजारौं मानिस सडकमा उत्रिएका थिए। दंगा नियन्त्रणमा वाटर क्यानन, पेपर स्प्रे र CS ग्यास प्रयोग गरिएको थियो। pediatrics चिकित्सक तथा प्रदर्शनकारी डाक्टर कन्स्टान्टिन चाखुनाशभिली पनि क्याननको पानीले प्रभावित भए।
उनकी अनुसार, पानीको असर धेरै दिनसम्म जलिरहेको जस्तो भयो र धुँदा पनि हटेन, बरु झन् बढ्यो। उनले सामाजिक सञ्जालमार्फत सर्वेक्षण गर्दा ३५० मध्ये करिब आधा जनामा ३० दिनभन्दा बढी प्रभाव रहने लक्षण भेटिएको छ । टाउको दुखाइ, थकान, खोकी, सास फेर्न गाह्रो हुनु, वाकवाकी आदि। उनले जाँच गरेका ६९ जनामा त मुटुको विद्युतीय सिग्नलमा असामान्यता समेत देखियो। यो अध्ययनT oxicology Reports मा प्रकाशनका लागि स्वीकृत भएको छ। प्रहरी भित्रका स्रोत र रसायनको पहिचान बीबीसी लाई दंगा–नियन्त्रण प्रहरीमा हतियार परीक्षणका पूर्व–प्रमुख लाशा शेरगेलाशभिली ले बताए अनुसार 2009 उनले परीक्षण गरेको त्यही रसायन 2024 को प्रदर्शनमा प्रयोग गरिएको हुनसक्छ।
रसायनको असर सामान्य CS ग्यासभन्दा १० गुना बढी थियो, धुँदासमेत २–३ दिनसम्म त्यही स्थानमा बस्न नसकिने, पानी वा बेकिङ सोडाबाट पनि असर हट्दैन। बीबीसी ले प्राप्त गरेको 2019 को Special Tasks Department को सूचीमा Trichloroethylene पानीमा घुलन सहयोगी र UN3439 विभिन्न रसायनहरूको समूह उल्लेख थियो। UN3439 को सूचीकृत पदार्थमध्ये भिड–नियन्त्रणमा प्रयोग भएको एक मात्र पदार्थ क्यामाइट Bromobenzyl cyanide भएकाले उक्त मिश्रण त्यही भएको निष्कर्ष निकालेको हो। रासायनिक हतियार विज्ञ प्रो. क्रिस्टोफर होल्सटेग ले उपलब्ध प्रमाण हेरेर यो पदार्थ क्यामाइट नै हुने सम्भावना उच्च रहेको बताए।
अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको चिन्ता, संयुक्त राष्ट्रसंघकी यातना विरोधी विशेष प्रतिवेदक एलिस एडवर्ड्स ले यो कार्यलाई जनतामाथि रासायनिक परीक्षण जस्तै रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्। उनका अनुसार, अन्तर्राष्ट्रिय कानुनअनुसार प्रयोग गरिने कुनै पनि रसायनको प्रभाव अस्थायी हुनुपर्छ, तर प्रदर्शनकारीका लक्षणहरू अस्थायीभन्दा धेरै गम्भीर र दीर्घकालीन छन्। जर्जिया सरकारको प्रतिक्रिया यस्तो छ जर्जियाली सरकार र प्रहरी मन्त्रालयले बीबीसी को अनुसन्धानलाई हास्यास्पद र निराधार भन्दै अस्वीकार गरेका छन्। उनका अनुसार, प्रहरीले हिंस्रक अपराधी को अवैध गतिविधिमाथि कानूनी सीमा भित्र रहेर कारबाही मात्र गरेको हो।