काठमाडौँ । जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार रहेका एक बन्दी झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
सुब्बा सालकको अखेटोपहार सम्बन्धी मुद्दामा चितवन कारागारमा थुनामा रहेका थिए। प्रहरीका अनुसार चितवन कारागारबाट भागेपछि उनी आफ्नै घरमा लुकिछिपी बस्दै आएका थिए। आइतबार प्रहरीले उनलाई घरमै पक्राउ गरेको जनाएको छ। पक्राउपछि सुब्बालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ। प्रहरीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी उनलाई पुनः चितवन कारागारमै पठाइनेछ।