काठमाडौँ । पत्रकार दीपेन्द्र खनिया काठमाडौँको बानेश्वरस्थित थापागाउँमा आफू बस्दै आएको घरमै मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार खनियाको शव घरको बरण्डास्थित रेलिङमा झुन्डिएको अवस्थामा भेटिएको हो।
प्रहरीले प्रारम्भिक रूपमा घटनास्थलको मुचुल्का उठाइसकेको र मृत्युको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। “घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको छ, प्रवक्ता भट्टराईले बताए। खनिया रेडियो–अडियो मिडियाका सञ्चालक समेत रहेकाले उनको मृत्युले सञ्चार क्षेत्र स्तब्ध बनेको छ। सहकर्मी तथा स्थानीयले घटनालाई दुःखद् भन्दै छानबिन पारदर्शी हुनुपर्ने मागसमेत गरेका छन्। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण पुष्टि हुने प्रहरीले जनाएको छ।