काठमाडौँ । नेकपा एमाले का नेता महेश बस्नेतमाथि आइतबार बिहान विराटनगर विमानस्थलमा रातो रङ भएको बेलुनको लोला प्रहार गर्ने प्रयास भएको छ। घटनामा संलग्न विराटनगरका १९ वर्षीय अर्पित कुँवर र २५ वर्षीय संजोग गौतमलाई प्रहरीको टोलीले तत्काल नियन्त्रणमा लिएको हो। दुवैले बस्नेतविरुद्ध नाराबाजी गरेको प्रहरीको भनाइ छ।