काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिका–१ मा क्रिकेट खेलेर घर फर्किएका दुई दाजुभाइमध्ये कान्छो भाइको मृत्यु भएको छ भने दाजु बेहोस अवस्थामा अस्पताल भर्ना भएका छन् ।
शनिबार खेल मैदानबाट घर फर्केपछि १३ वर्षीय राकेश यादव अचानक बेहोस भई ढलेका थिए। परिवारका अनुसार उनको तत्कालै मृत्यु भयो। १६ वर्षीय दाजु रुपेश यादव पनि बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्नेछ। घटनाबारे अनुसन्धान जारी छ।