काठमाडौँ । खाँडादेवी गाउँपालिका–४ रजगाउँमा सुमो गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। स्थानीयहरूका अनुसार दुर्घटनापछि घाइते सबैको तत्काल उद्धार गरी मन्थली अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।
विस्तृत विवरण आउन बाँकी छ।