काठमाडौँ । बाराको सिमरामा बिहीबार दिउँसो उत्पन्न भएको तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार र दुई राउन्ड हवाई फायर गरेको छ। कर्फ्युको अवज्ञा गर्दै जेनजी समूहका युवाहरू सडकमा उत्रिएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए।
कर्फ्यु जारी रहे पनि पटक–पटक चेतावनी अस्वीकार गर्दै प्रदर्शनकारीले सडक अवरुद्ध गर्न खोजेपछि स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएपछि अश्रुग्यास तथा हवाई फायर प्रयोग गरिएको प्रहरीले बताएको छ। प्रदर्शन नियन्त्रणका क्रममा चार प्रहरी घाइते भएका छन् । गरी चार जना प्रहरी घाइते भएका छन्।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेहुनेहरुमा एक डीएसपी, एक इन्स्पेक्टर, एक असई, र एक हवल्दार रहेकोे छ। बुधबार जेनजी युवामाथि भएको आक्रमणमा संलग्नलाई पक्राउ गर्न माग राख्दै युवाहरू प्रदर्शनमा उत्रिएका थिए। सोही प्रकरणमा प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको पुष्टि गरेको छ। प्रदर्शनकारीहरूले भने घटनामा संलग्न सबैलाई कारबाही गर्न प्रशासनलाई निरन्तर दबाब दिइरहेका छन्।