काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलन पछि रोकिएको भिजिट भिसाको आवेदन पुनः खुल्ला गरेको छ ।
गत भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन पुनः बिहीबारदेखि लिन सुरु गरेको छ । भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा जेलबाट कैदी भागेपछि यूएईले नेपालीका लागि भिजिट र वर्किङ भिसा दिन बन्द गरेको थियो ।
भिसासम्बन्धी काम गर्ने नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापाले बिहीबारदेखि यूएईले आवेदनलाई स्वीकार गर्न थालेको बताए । रोजगारी भिसाको विषयमा भने यूएईले अझै निर्णय गरेको छैन ।