काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन्।बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट अध्यक्ष भट्टराईले राजीनामा घोषणा गरेका हुन्।
जेनजी आन्दोलनपछि पार्टी रुपान्तरण र पुनर्गठनको लागि अध्यक्षले पद त्याग गरेको प्रवक्ता प्रवक्ता कृष्ण शर्माले बताए ।अध्यक्षको राजीनामासँगै अब पार्टी विशेष महाधिवेशनमा जाने शर्माले बताए ।
यता पूर्वप्रधानमन्त्री डा. भट्टराईले अध्यक्ष पदबाट अलग भएपनि राजनीतिबाट अलग नभएको बताएका छन् । अध्यक्ष पदबाट राजीनामा दिएपछि आज पत्रकार सम्मेलन गरेका भट्टराईले नवयुवाको मागलाई सम्बोधन गर्न पदत्याग गरेको बताएका हुन् ।