काठमाडौं । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले बुधवार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा-१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । पक्राउपछि उनीहरूले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए । पीडित प्रहरीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।
उनीसहितको टोलीलाई प्रहरीले त्यसबेला हतकडीसहित थुनुवा पोशाकमा ठमेल घुमाएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समूहका सदस्य सानुभाइमाथि विभिन्न मुद्दा छन् ।