आज २०८२ साल असार १९ गते बिहीबार। असार शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई ३ तारिख। गोरखकाली पूजा।
मेष
दिन सामान्य छ। काममा अवरोध हुनेछ। व्यापारमा भने सामान्य लाभ हुनेछ। नाफा आर्जनका लागि व्यापारमा सहकार्य गर्नुपर्ने छ। शिक्षामा प्रगति हुनेछ।
वृष
दिन राम्रो छ। तपाईंको बोलीका प्रभावले काम बन्नेछ। सम्पत्ति खर्च भए पनि लक्ष्य पूरा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।
मिथुन
समस्या एकपछि अर्को थपिने छन्। बोली र व्यवहारमा एकरुपता नदेखिने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा विश्वास नगर्ने बानीले अप्ठेरो परिस्थिति सिर्जना हुनेछ।
कर्कट
दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। तपाईंको काम बन्ने छ। शिक्षामा ढिलासुस्ती हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्ने छ।
सिंह
दिन राम्रो छ। स्वास्थ्य र व्यापारको लगानीबाट फाइदा हुने योग छ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुन्छ। व्यवहारमा सानो कुराले झन्झट दिने भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।
कन्या
दिन राम्रो छ। व्यवहारमा सकारात्मक सुत्र पत्ता लाग्ने छ। मन खुशी हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।
तुला
दिन सामान्य छ। श्रमको मूल्य अर्काले खाने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
वृश्चिक
दिन राम्रो छ। साथीको साथ मिल्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन प्रशन्न हुनेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।
धनु
दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। परिवारलाई समय दिनु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको माथिल्लो निकायबाट तपाईंको पक्षमा निर्णय हुनेछ।
मकर
दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच राम्रो रहेको छ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुन्छ।
कुम्भ
दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च बढ्ने छ। विपक्षी साथीबाट काम गर्दा सचेत बन्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्ने छ।
मीन
दिन राम्रो छ। शिक्षामा सफलता मिल्ने छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले बोलीमा ख्याल गर्नुपर्ने छ। आफन्तसँग बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।