कर्णाली । कर्णाली प्रदेश सरकारले आगामि आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रदेशसभा प्रस्तुत भएको छ। बुधबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेका हुन्।
उक्त नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारतर्फका कार्यक्रमलाई प्रथामिकता राखिएको छ। नीति, कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख मियाँले समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित रहने बताए।
प्रदेशको आर्थिक, सामाजिक अवस्था र भौगोलिक स्थितिलाई दृष्टिगत गर्दै विकास प्रक्रियामा संघ, प्रदेश, स्थानीय तह, निजी, गैरसरकारी, सामुदायिक क्षेत्र, विकास साझेदारहरूबीच सहकार्यमुलक विकास ढाँचा अवलम्बन गर्ने नीति लिइने छ।