काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी गराएका हुन्।
उनका अनुसार वन डढेलोको रोकथाम तथा सचेतनाका लागि समुदायस्तरमा सचेतना अभियान सञ्चालन गरिनेछ। डढेलो लगाउने व्यक्तिलाई कानूनको दायरामा ल्याउन सूचना दिने र निभाउन योगदान गर्ने व्यक्ति तथा समुदायलाई पुरस्कृत गर्ने बताए।