काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।
उनका अनुसार साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिनेछ। साइबर सुरक्षा जोखिम आँकलन गरी त्रैमासिक रुपमा सुरक्षा एड्भाइजरी जारी गर्ने बताए।
सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गर्ने बताए। हुलाक कार्यालयहरुलाई क्रमशः स्मार्ट हुलाकमा विकास गर्ने बताए।