काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि करार सेवामा रहेका कर्मचारी र अस्थायी, राहत शिक्षकलाई योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा आवद्ध गर्ने भएको छ।
बिहीबार आर्थिक वर्ष २०८२/८२ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सोको जानकारी गराए। उनले सामाजिक सुरक्षा कार्यक्रमका लागि रोजगारदाता र निवेदन कर्ताबाट १० प्रतिशत योगदानसहितको छुट्टै प्याकेज बनाइ कार्यान्वयन गरिने पनि बताए।