काठमाडौँ । आगामी आर्थिक वर्षमा संविधानस संशोधन गरिने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै आर्थिक वर्षभित्रमा संविधान संशोधन गर्ने बताएका हुन् ।
उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् । गत असार १७ गते वर्तमान गठबन्धन निर्माणका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख थियो ।
त्यही सहमतिपछि बनेको सरकारले ल्याएको पहिलो बजेटमा अर्थमन्त्री पौडेलले संविधान संशोधन राजनीतिक सहमतिका आधारमा गर्ने विषय उल्लेख गरेका हुन् ।