काठमाडौं । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
‘महिला लक्षित उद्यमशीलता प्रवद्र्धन गर्न रोजगारी तथा स्वरोजगारीका अवसरहरु वृद्धि गरिनेछ । महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ’, बजेट भाषण गर्दै अर्थमन्त्रीले भने ।
गृहिणी महिलाको श्रम र सिपलाई साना तथा घरेलु उद्यमसँग जोड्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ ।