काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ८ करोड बजेट पाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी गराएका हुन् । सो क्रममा उनले ज्येष्ठ नागरिकको सुरक्षा तथा स्वास्थ्य उपचारको उचित प्रबन्ध गरिने समेत बताए ।