काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
आइतबार दिउँसो कोशी, मधेश, बागमती, सुदूरपश्चिमलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । सातै प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।