काठमाडौं । हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्र्यापमा पारेको आरोप छ ।सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएको पाइएको थिए ।
अन्तिममा उनीहरूले ५ लाखको चेक लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।