काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२६ का लागि खुलाएको ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्रीको नतिजा सार्वजनिक भएको छ । नेपाली समय अनुसार शनिवार राति ९:४५ बजे नतिजा सार्वजनिक भएको हो ।
नतिजा हेर्न आवश्यक पर्ने भनेको ईडीभी फाराम भर्दा तपाईंले पाएको कन्फर्मेसन नम्बर हो । आफ्नो कन्फर्मेसन नम्बर भुल्नु भएको छ भने यहाँ क्लिक गरेर पुन: थाहा पाउन सक्नुहुन्छ । पुन: कन्फर्मेसन नम्बर पाउन उक्त पेजमा आवश्यक विवरण भर्नुपर्ने हुन्छ ।
ईडीभीको नतिजा हेर्न कन्फर्मेसन नम्बरसँगै थर, जन्म वर्ष आवश्यक पर्छ । अब नतिजा हेर्न आवश्यक पर्ने सबै निश्चित भएपछि यहाँ क्लिक गर्नुहोस् ।