हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे छन् ।
बागमती प्रदेश सरकार मातहतमा रहेको प्रतिष्ठान र हेटौंडा अस्पताललाई अलग-अलग बनाउनुपर्ने माग सहित आन्दोलनरत समुहले गत चैत्र ३० गते अस्पताको बोर्ड तोडफोड गरेको भन्दै प्रहरीले बिहीबार उनिहरुलाई नियन्त्रणमा लिएको हो ।