काठमाडौँ । भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइपुर्याइएको छ। झापाको भद्रपुर विमानस्थलबाट विमानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो।
भारतमा पक्राउ परेका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर हतकडीसहित भद्रपुरको विमानस्थल पुर्याइएको थियो। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ ।
प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ ।