काठमाडौं । जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम हिरासतमुक्त भएका छन् ।उनीविरुद्ध प्रहरीको रेकर्डमा रहेको ६ वटै कसुरमा मिलापत्र भइसकेको कागजात बुझाएपछि गौतमलाई छाडिएको हो।
बैंकिङ कसुरको एउटा मुद्दामा पीडित पक्षसँग छलफल गर्न गएका बेला प्रहरीको रेकर्डमा अरु मुद्दा समेत देखिएपछि उनलाई पक्राउ पूर्जी थमाइएको थियो ।
प्रहरीले बुधबारै गौतमलाई जिल्ला अदालत, काठमाडौं लगेर ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, उनका पक्षका वकिलहरुले पहिल्यै लेनदेनको विषय टुंगिसकेको जिकिर गरेपछि न्यायाधीशले दुई दिन मात्र म्याद दिएका थिए ।प्रहरीले ६ वटा मुद्दा रहेको बताएपछि अदालतले अन्य विषयमा जाँच गर्न अनुमति लिएको थियो ।
तर, दुई पक्षबीच व्यवहार मिलेको भेटिएपछि छाडिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख रामहरि काफ्ले शर्माले बताए ।