केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना चिनियाँ र एक जना फिलिपिनो नागरिकसमेत रहेका छन्।
अवैध कल सेन्टर र क्रिप्टो कारोबार
प्रहरीले अवैध रूपमा कल सेन्टर सञ्चालन गरी अनलाइन जुवा खेलाउने र क्रिप्टो कारोबार गरिरहेको सूचनाका आधारमा बुधबार राति एक घरमा छापा मारेको थियो।
अनुसन्धान जारी
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।