धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा आज बिहान एक जनाको हत्या भएको छ।
हत्या हुनेको पहिचान
हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा रहेका छन्। उनी नेपाल आयल निगममा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत थिए।
विवादकै क्रममा हत्या
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा भएको वादविवादको क्रममा राकेश बर्माको हत्या भएको हो।
अभियुक्त पक्राउ
घटनामा संलग्न भएको आरोपमा प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएको छ।