भर्जिनियामा तीन हप्तादेखि बेपत्ता २८ वर्षीय ममता काफ्ले भट्टको हत्यामा उनको श्रीमान् नरेश भट्टलाई अभियुक्त बनाइएको छ। अदालतको दस्तावेज अनुसार, नरेश भट्टले ममता काफ्ले भट्टलाई आफ्नै घरभित्र हत्या गरी शवलाई बाहिर लगेको आरोप लगाइएको छ।
अभियोग पत्र र पक्राउ
अदालतको रेकर्ड अनुसार, नरेश भट्टलाई शव लुकाउने प्रयास गरेको आरोपमा फौजदारी अभियोग लगाइएको छ। अनुसन्धानको क्रममा प्रहरीले घरमा खोजी गर्दा महत्वपूर्ण डिजिटल र फोरेन्सिक प्रमाणहरू फेला पारेका छन्, जसले ममता भट्टको मृत्यु भएको पुष्टि गर्ने संकेत दिएका छन्। नरेश भट्टलाई बिहीबार घरमा छापा मार्दै प्रहरीले पक्राउ गरेको हो।
मामता काफ्ले भट्टको अन्तिम गतिविधि
ममता काफ्ले भट्टलाई अन्तिम पटक जुलाई २७ मा UVA हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। उनी त्यहाँ चिकित्सकीय सर्जिकल युनिटमा दर्ता नर्सका रूपमा कार्यरत थिइन्। २८ जुलाईमा उनले एक साथीलाई फोन गरेर कुरा गरेकी थिइन् भने ३१ जुलाईमा उनको श्रीमानसँग डिनर टेबलमा अन्तिम पटक भेट भएको थियो।
अनुसन्धानको प्रगति
अगस्ट २ तारिखमा प्रहरीले उनको घरमा जाँच गर्दा, श्रीमान् नरेश भट्टले ममता काफ्ले भट्ट बेपत्ता भएको रिपोर्ट नगरेको बताएका थिए। तीन दिनपछि, उनले उनको बेपत्ताको रिपोर्ट प्रहरीलाई दिएका थिए। अनुसन्धान टोलीले अगस्ट ५ देखि ८ सम्म घरमै व्यापक जाँच गरे, जसमा ममता काफ्ले भट्टको परिवार, साथीहरू, नियोक्ता र सामाजिक संजालमा हालैको सम्पर्कको अभाव पत्ता लगाएपछि उनको बेपत्तालाई अनैच्छिक/संकटग्रस्त बेपत्ता व्यक्तिको रूपमा मान्यता दिएका थिए।
परिवारको प्रतिक्रिया
ममता काफ्ले भट्टको परिवार नेपालबाट भर्जिनिया जानको लागि भिसा प्राप्त गरेको छ र उनीहरूको नातिनीको आपतकालीन संरक्षकत्वको लागि प्रयास गरिरहेका छन्।
बाँकी प्रक्रिया
नरेश भट्टलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराइएको थियो। उनको जमानतको अवस्था परिवर्तन नगरिएको र उनी बिना जमानतकै हिरासतमा रहने जानकारी प्राप्त भएको छ। नरेश भट्टको जमानत सुनुवाइ सोमबार बिहान अदालतमा हुने बताइएको छ।