रौतहटमा सादा पोशाकको प्रहरी भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह रहेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति साहलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बलको पोशाक बरामद
पक्राउको क्रममा साहको बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ।
धम्की र रकम असुली
साहले आफू सादा पोशाकको प्रहरी भन्दै सर्वसधारणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।