इन्डोनेशिया – कुखुरा पहिला आयो की अण्डा ? नेपाली समाजमा धेरै चर्चित प्रश्न हो यो। हामीले हाँसि–मजाकमै पनि कैयौँ पटक यो प्रश्न एक–अर्कालाई सोध्ने गरेका छौ। यो प्रश्नको सहि जवाफ सायद आजसम्म कसैले दिन सकेको छ।
ईन्डोनेशिया यहि प्रश्नको जवाफ नदिदा एक यूकवको हत्या भएको छ,। एक व्यक्तिले आफ्नै साथीको हत्या गरेको घटनाले सबैलाई स्तब्ध बनाएको छ। दक्षिण–पूर्वी एशियाई देश इन्डोनेशियामा भएको यो घटनामा एक व्यक्तिले आफ्नो साथीलाई क्रुरतापुर्वक १५ पटक चक्कु घोपेर हत्या गरेको समाचार छ।
श्रृण तिर्न आएका साथीको हत्या
२४ जुलाईका दिन इन्डोनेशियाको दक्षिणी सुलावेसीमा भएको घटनामा ४७ वर्षीय कादिर मार्कस आफ्नो साथी डीआरसँग भेट्न गएका थिए। मार्कसले डीआरलाई ऋण तिर्न गएका थिए। भेटघाटका क्रममा डीआरले मार्कसलाई बारमा लगे, जहाँ दुवैले मादक पदार्थ सेवन गरे।
उत्तर नदिएपछि हत्या
बारमा बसेर कुरा गरिरहेकै बेला डीआरले मार्कसलाई विभिन्न प्रश्नहरु सोध्न थाले। ती प्रश्नहरूको उत्तर दिने क्रममा ‘‘कुखुरा पहिला आयो की अण्डा?’’ भन्ने प्रश्नको उत्तर दिन नसकेपछि डीआर अत्यन्त आक्रोशित भए।
उनले मार्कसलाई पहिले पिटे, र बारम्बार प्रश्नको उत्तर दिन आग्रह गरे। जब मार्कसले उत्तर दिन सकेनन्, डीआरले आफ्नो साथमा रहेको परम्परागत चक्क ‘बैडिक’ निकालेर १५ पटक घोपी हत्या गरिदिए।
अभियुक्त पक्राउ
घटनाको जानकारी पाएपछि प्रहरीले आरोपी डीआरलाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान गरिरहेका अधिकारी ला ओडे अर्सांगकाले मिडियालाई बताए अनुसार, डीआरलाई हत्या आरोपमा पक्राउ गरिएको छ र आरोप पुष्टि भएमा उसलाई १८ वर्षको जेल सजाय हुन सक्छ। प्रहरीका अनुसार आरोपीले आफ्ना साथीलाई मार्न इन्डोनेशियाको तटीय जनजाति बुगिस र मकासरेसीको परम्परागत खन्जर बैडिक प्रयोग गरेका थिए।