पर्सा - विवरण ढांटेर नेपाली नागरिकता लिएका व्यापारी निरन्जन अग्रवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
अग्रवाल विरुद्ध २०७६/१२/१४ मा सरकारी वकिलको कार्यालय पर्साले किर्ते नागरिकता र सवारी चालक अनुमतिपत्र सम्बन्धि कसुरमा अभियोजन गरेको थियो।
अग्रवालले जन्मको आधार देखाई २०६३/११/१८ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएका थिए। नागरिकता लिनु भन्दा अगाडि २०५१ सालमा उनले सवारी चालक अनुमतिपत्र लिंदा आफूलाई भारतीय उल्लेख गरेका थिए।
नरेश ठाकुरले दिएको उजुरीको आधारमा निरन्जनलाई सम्पूर्ण कानुनी प्रक्रिया पुर्याएर गिरफ्तार गरिएको पर्सा प्रहरीले जनाएको छ। STF आदर्शनगरको टोलीले उनलाई ठाकुरराम क्याम्पस नजिक रहेको चकलेट कारखानाबाट पक्राउ गरेको हो।
अग्रवाल भारतको राजस्थान सरदार सहर (चुल) निवासी हुन्। विगतमा अग्रवाल 'पिंकी सुपारी' नामले प्रख्यात भएका व्यक्ति हुन्।