पोखरा, श्रावण १३ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको आन्दोलनका क्रममा पत्रकार माथि हातपात गर्ने ५ जना पक्राउ परेका छन्।
गण्डकी प्रदेश सरकारले निजी दुई पाङ्ग्रे एवं चार पाङ्ग्रे सवारी साधनहरुलाई भाडामा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागू गर्न लागेको विषयको विरोधमा भाडाका सवारी साधन नचलाई आन्दोलन गरिएको थियो।
उक्त आन्दोलनको रिपोर्टिङमा खटिएका गण्डकी भ्वाईस अनलाईन मिडियाका व्यवस्थापक निर्देशक सुरज थापा र पोखरा टेलिभिजनकी रिपोटर बिना कुमारी थापामाथि आन्दोलन कार्यकर्ताहरुले हातपात तथा कुटपिट गरेका थिए। यसबारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ५ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरु: १. सुर्य बहादुर नेपाली (४१ वर्ष, ट्याक्सी चालक), जिल्ला कास्की, पोखरा म.न.पा. ९ शान्तिबन
२. बुद्धि बहादुर बयलकोटी (३३ वर्ष, मजदुर), जिल्ला गोरखा, हाल पोखरा म.न.पा. ९ पृथ्वीचोक
३. प्रशान गुरुङ (१६ वर्ष, बसको सहचालक), जिल्ला कास्की, पोखरा म.न.पा. १६ लामाचौर
४. सन्तोष बस्नेत (२८ वर्ष, ट्याक्सी चालक), जिल्ला लम्जुङ, हाल पोखरा म.न.पा.
५ जिरो ५. टंक बहादुर क्षेत्री (३५ वर्ष), जिल्ला स्याङ्जा, हाल पोखरा म.न.पा. १७ घारीपाटन
दुबै घाइते पत्रकारहरुको अवस्था सामान्य रहेको छ। पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।