काठमाडौं । तासजुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट २९ पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका–१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । रानिवन बस्ने गोरखा ताकुकोट–४ घर भएका ३५ वर्षीय सुजन थापासमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।